एलजीका सामान किस्ताबन्दीमै: टिभी, फ्रिज र वासिङ मेसिन किन्दा यस्तो छ ईएमआई सुविधा

एलजीका उत्पादनलाई प्रयोग गर्न सजिलो मोबाइल एप थिनक्यू के हो ?



काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले लाइफ गुड्स (एलजी)का उत्पादनहरु छुट अफरमै किस्ताबन्दीको सुविधामा बिक्री वितरण गरिरहेको छ ।

एलजीका उत्पादनहरु टीभी, फ्रिज, वासिङ मसिन र डिसवासरमा चाडबाडका लागि दिइएको छुट अफरमै मासिक किस्ताबन्दी (इएमआई)को सुविधा दिएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सका सामान बेच्ने सीजी इम्पेक्सका बिक्री महाप्रबन्धक पुरुषोत्तम भण्डारीका अनुसार चाडबाडको समयका लागि सीजीले दिएको नगद छुट अफरमै ग्राहकहलाई शून्य प्रतिशत ब्याजदरमा र शून्य प्रतिशतकै डाउन पेमेन्टमा किस्ताबन्दीको सुविधा दिइएको छ ।

सीजीले यसका लागि जगदबम्बा फाइनान्ससँग गत साउनदेखि सहकार्यका गरेर आम उपभोक्तालाई मासिक किस्ताबन्दीको सुविधा दिन थालेको छ । यस्तो किस्ताबन्दी सुविधा सबै वाणिज्य बैंकहरूबाटसमेत पाइने छ ।

मासिक किस्ताबन्दीको सुविधा लिन ग्राहकले नजिकैको सीजी डिलरमा सम्पर्क गर्नुपर्ने छ । यस्तो सुविधा लिन नियमित आम्दानी भएका ग्राहकलाई बैंकको आवश्यकता अनुसार क्रेडिटकार्डको सुविधा लिनुपर्ने, सम्बन्धित ग्राहकको लागि एक जना साक्षीको रुपमा काठमाडौंको स्थायी बासिन्दा हुनुपर्ने शर्त भने अगाडि सारेको छ ।

शर्त पूरा गरेर आउने उपभोक्ताले ३० प्रतिशतको डाउन पेमेन्टको सुविधा वा शून्य प्रतिशतको डाउन पेमेन्टमा एलजीका न्यूनतम २० हजारमाथिका सामानलाई मासिक किस्ताबन्दीको सुविधा प्रयोग गरेर लिनसक्ने छन् ।

सिजी इलोक्ट्रोनिक्सबाट एलजीको फ्रिज किस्ताबन्दीमा लिएका सिद्धार्थ बुढाथोकी एक सन्तुष्ट ग्राहक हुन । उनले भने ‘जगदम्बा फाइनान्सबाट फ्रिज इएमआईमा लिएको हुँ ।’ दशैंको अफर चलेको समयमा पनि छिटो र छरितसाँगँ उक्त सेवा लिएका बुढाथोकी एलजीको उत्पादन र सेवाबाट खुशी छन् ।

पछिल्लो समय एलजीको उत्पादनतर्फ ग्राहकको बढेको रुचीलाई मासिक किस्ताबन्दैको सुविधाले थप प्रभावकारी बनाएको दाबी सीजी इलेक्ट्रोनिक्सको छ ।

सीजीका अनुसार यसको उत्पादनमा सबैभन्दा बढी ग्राहकले रुचाउने सामान वासिङ मसिन, टीभी र फ्रिज छन् । यी उत्पादनले नेपालको इलेट्रोनिक्स सामानको बजार हिस्सामध्ये करिब ४२ प्रतिशत सीजीकै छ । वासिङ मसिनको हकमा भने ६० प्रतिशत भन्दा बढी बजार हिस्सा एलजीकै छ ।

एलजीको प्रडक्टमा टिभी नेपालमै बन्छ भने बाँकी कोरियामा उत्पादन भएर आउँछन् । एलजीको ब्राण्डलाई ग्राहकले रुचाएको कारण यसले बजारमा राम्रो पहुँच स्थापित गर्न सफल भएको छ ।

सीजीले ड्रिम फर फेस्टिभ अफर अन्तर्गत अन द स्पट शून्य प्रतिशतमा इएमआई सुविधा दिएको छ । यसले ग्यारेन्टर नचाहिने, इमएआईमा कुनै शुल्क नलाग्ने, शून्य प्रतिशतको ब्याजदर, एकमुष्ट नगद नचाहिने, बेस्ट डिस्काउन्टमा इएमआई, क्रेडिट कार्ड नचाहिनेसहितको सुविधामा किस्ताबन्दी दिएको छ ।

सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरु खरिदमा हाल खालि नहुने उपहारदेखि क्यासब्याकसम्मको सुविधा चाडपर्व अफरमा दिएको छ । यस्तो अफर आगामी छठ पर्वसम्मको लागि रहेको पनि उल्लेख छ ।

एलजीका उत्पादनको प्रयोगलाई सहजता बनाउँदै एलजी थिनक्यू

एलजीका उत्पादनको प्रयोगलाई एलजी थिनक्यू नामक मोबाइल एपले सहजता बनाएको छ । एलजीका उत्पादनलाई प्रयोग गर्न योे एपबाट सहजता प्रदान गर्ने गरेको छ । यसका लागि ग्राहकले थिनक्यु एप डाउनलोड गर्नुपर्ने छ ।

यसको माध्यमबाट घर बाहिर हुँदा पनि टिभी, फ्रिज, वासिङ मसिनकोको अवस्था थाहा पाउन सकिन्छ । ग्राहकले एलजीको ब्राण्डलाई अनअफ गर्ने, तामक्रम बढाउने घटाउने, फ्रिजको तापक्रमको अवस्था बढाउने घटाउनेसहितका काम यो एपको प्रयोगले सजिलै गर्न सकिन्छ ।

एलजीसँग विभिन्न क्षमताका वासिङमसिन, विभिन्न साइका टिभी तथा फ्रिज र डिसवाटर रहेको छ । यी सामानको प्रयोग गर्न एलजी थिङक्यूले सहजता बनाउने र यसको प्रयोगबाट ग्राहकले घर बाहिर रहँदा पनि घरमा प्रयोग भएको घरायसी सामानको निरीक्षण गर्न सकिन्छ । सीजीले २ वर्षदेखि यो एपमार्फत ग्राहकलाई सहजै सेवा दिइरहेको छ ।

सीजीसँग हाल ७ देखि २१ केजी क्षमताको वासिङ मसिन छ । वासिङ मसिनको न्यूनतम ७४ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको मूल्य तोकिएको छ ।

यसका तीन वटा क्याटागोरीको वासिङ मसिन प्रयोगमा छ । वासिन मसिनको क्याटागोरी र क्षमता अनुसारको मूल्य फरक फरक रहेको पनि सीजीले जानकारी दिएको छ ।

सिजीले १८ भदौदेखि ग्राहकलाई चाडवपर्व अफरको रुपमा छठसम्मलाई नगद छुटदेखि थप सामान र सेवा पाइनेसम्मको सुविधा दिएको छ । यसका लागि सिजीले एलजीको उत्पादमा हात खाली नहुने सुविधा चाडपर्व अफरमा ल्याएको छ । अफरले गर्दा सिजीका उत्पादन नर्मल समयको भन्दा ४५ प्रतिशतसम्मले व्यापार बढेको दाबी गरेको छ ।


क्लिकमान्डु