काठमाडौं महानगरपालिकामा करियर क्याम्पमा सहभागी हुने अवसर, तलब पाइने



काठमाडौं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले करियर क्याप्प सञ्चालन गर्ने भएको छ ।

कार्यक्रम अन्तर्गत सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरुलाई ९ महिनाको लागि पूर्णकालिन प्रशिक्षार्थीको रुपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदानका लागि आवेदन दिन सकिने महानगरले जनाएको छ ।

कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र काठमाडौं महानगरपालिकाको बेवसाइटमा रहेको करियर क्याम्पको लिंकमा आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता, स्नातक तह (अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर) हुनुपर्ने छ । ९ महिनाका लागि २२ जनाका लागि छनोट गरिने छ सूचनामा जनाइए अनुसार छनोट भएकाले मासिक २५ हजार रुपैयाँ सेवा सुविधा पाउने छन् ।


क्लिकमान्डु