समस्याग्रस्त १८ सहकारीका सञ्चालक, ऋणीलाई १५ दिन भित्र पैसा तिर्न निर्देशन, अटेर गरे सम्पत्ति लिलामी गर्ने
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त १८ सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई १५ दिन भित्र दायित्व फरफारक गर्न अन्तिम निर्देशन दिएको छ ।
१५ दिन भित्र सबै दायित्व फरफारक नगरेमा दायित्व बाँकी रहेका व्यक्ति, निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने जनाएको छ ।
यसअघि पटक–पटक सूचना जारी गरेर, एसएमएससमेत गरेर दायित्व फरफारका लागि ताकेता गरेको स्मरण गराएको छ ।