हेटौँडा-काठमाडौँका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह



मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताइन् ।

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उनले जानकारी दिइन् ।

गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका अधिकांश राजमार्ग तथा सहायक सडकहरु भत्किनुका साथै आवतजावतमा समस्या भइरहेको छ ।


क्लिकमान्डु