४५ शब्दको सहकारी गीत लेख्नेलाई महासंघले ५० हजार दिने



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका विषयमा ४५ देखि ६० शब्दको गीत लेख्नेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्ने गरी सहकारी गान तयार गर्नुपर्ने महासंघले जनाएको छ । उत्कृष्ठ गानको रचना गरी ३५ दिनभित्र महासंघमा पठाउन सूचना जारी गरेको छ ।

गीतमा मुलुकको सामाजिक, सांस्कृतिक, लैङ्गिक, आर्थिक रुपान्तरणमा सहकारी अभियानले पुर्यायएको योगदान र अर्थतन्त्र एवं समुदायमा सहकारीको महत्व झल्कने हुनुपर्ने जनाएको छ ।

यस्तै सहकारी गान ४५ देखि ६० शब्द तथा बढिमा ८ देखि १० हरफको हुनुपर्नेछ । सहकारी गान नेपाली भाषामा रचना गरिएको हुनुपर्नेछ र सहज ढगंले बोध गर्न सकिने हुनुपर्ने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु