श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर उडान भर्ने

392
Shares

काठमाडौं । श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर-काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ’, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।’

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

उनका अनुसार एकतर्फी भाडा चार हजार पाँच सय राखिएको छ ।