कालिमाटी तरकारी बजारमा आज : सबै प्रकारको गोलभेडाको मूल्य बृद्धि, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबारको तुलनामा गोलभेडाको मूल्य शुक्रबार बृद्धि भएको छ ।
बिहिबार प्रतिकिलो १२० रुपैयाँमा बिक्री भएको ठूलो गोलभेडा शुक्रबार १४५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै बिहिबार ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको सानो गोलभेडा शुक्रबार ९५ रुपैयाँमा बिक्री भएको छ । त्यसैगरी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको टनेलको सानो गोलभेडा शुक्रबार ११५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ ।

शुक्रबार रातो आलु ८२.६७, मुढे रातो आलु ७७.६७, प्याज १२७.६७, गाजर १५५, बन्दा ५५, स्थानीय काउली ५५, सेतो मुला ३२.३३, लाम्चो भान्टा ७५, डल्लो भान्टा ७५, तने बोडी १२५, मटरकोशा १६६.६७, घिउ सिमी १२५, टाटे सिमी ८०, तिते करेला ११०, लौका ७०, परवर ९५, चिचिण्डो ७५, घिरौला ११०, पाकेको फर्सी ४७.६७, डल्ले हरियो फर्सी ६५, भिण्डी ११०, बरेला १२५, पिडालु ६५ र स्कुस ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रायो साग ११०, पालुङगो साग ११०, तोरीको साग ५५, न्यूरो साग ८५, कन्ये च्याउ १९०, डल्ले च्याउ ३८३, राजा च्याउ २९०, ब्रोकाउली १४८, जिरीको साग ९५, सेलरी ७५०, पार्सले २२६६.६७, अदुवा १९०, भेडे खुर्सानी १९० र लसुन ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबार तरकारीको थोक मूल्य


क्लिकमान्डु