भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको दशैंमा हात रित्तो हुन्छः निर्माण व्यवसायी



निर्माण व्यवसायीहरुलाई सरकारले करिव ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरु विभिन्न निकायहरु धाइरहेका छन् ।

निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको छ । तर सरकार भने निर्माण व्यवसायीहरुको भुक्तानी निरन्तर भइरहेको बताएको छ ।

सरकारले करिव २० अर्ब बढी रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ । निर्माण व्यवसायीहरु नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् ।

सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ ।

विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिने गरेको थियो । तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलव दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन ।

१५ हजार सक्रिय निर्माण व्यवसायी,२० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरुले दशैँको लागि तलव दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि अहिलेसम्म भुक्तानी नपाएको बताए । उनले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको उल्लेख गरे ।

उनले दशैँमा प्राविधि र मजदुरलाई तलव भत्ता समेत दिन नसक्ने अवस्थामा व्यवसायीहरु रहेको बताए । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा लाँखौं मजदुरहरुको विचल्ली हुने अवस्था आएको उनको भनाइ छ । करिव २ हजार बढी सक्रिय व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको उनले बताए ।

मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई थप प्रताडित बनाएको उनको भनाइ छ ।

बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएको बताए ।

अहिलेकोअवस्थामा दशैँमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने भए पनि सरकारलाई भुक्तानी दिएको कारण व्यवसायीहरु संकटमा रहेको बताए ।

सरकारबाट भुक्तानी नआएसम्म सप्लाई र मजदुरहरुलाई व्यवसायीहरुले भुक्तानी गर्नसक्ने अवस्था नभएको बताए ।

सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा जोडिएका १५ देखि २० हजार प्राविधि र लाखौं मजदुरहरु प्रभावित हुने उनको भनाइ छ ।

सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा मजदुरहरुले रमाइलोसँग दशैं मनाउन नपाउने अवस्था सिर्जना हुन लागेको बताए ।

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राम्जी पन्तले नारायणी नदी व्यवस्थापनको काम गरेको अघिल्लो आर्थिक वर्षको ३० करोड बढी भुक्तानी आउन बाँकी रहेको बताए ।

उनले अहिलेसम्म एक रुपैयाँ पनि बजेट नभएकाले भुक्तानी पाउन नसकेको बताए । पछिल्लो समय ८९ प्रतिशत निर्माण व्यवसायीहरु सडकमा आएको उनको भनाइ छ ।

निर्माण व्यवसायीहरुको सरकारले समयमा भुक्तानी गर्न नसक्दा व्यवसायीहरुले प्राविधिक,मजदुर र बैंकको किस्ता समेत तिर्न नसकेको उनको भनाइ छ ।

उपाध्यक्ष पन्तले यो वर्षको लागि निर्माण व्यवसायीहरुको लागि दशैं सुखद् नभएको बताए ।

बैंकहरुबाट थप ऋण लिएर मजदुर प्राविधिकलाई तलव दिने सोचिरहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरुसँग हजारौं मजदुर र उनीहरुका परिवार आश्रित रहेको बताए । मजदुर र मजदुरका परिवारको लागि यो वर्षको दशैँमा सरकारले भुक्तानी नदिएको कारण तलव दिनसक्ने अवस्था नभएको बताए ।

निर्माण व्यवसायीहरुसँग जोडिएका अन्य सप्लार्सहरुको समेत भुक्तानी दिन नसक्ने अवस्था रहेको उनले उल्लेख गरे।

घिमिरेले सरकारले व्यवसायीहरुको भुक्तानी दिने छाट नदेखेको भन्दै दशैंमा मजदुरहरुको हात खाली पठाउनुपर्ने स्थिति सिर्जना भएको बताए । बैंकबाट ऋण लिने सिमामा समेत सकिएकाले तलव दिनसक्ने अवस्था नभएको उनको भनाइ छ ।

निर्माण व्यवसायी प्रमोद लामिछानेले पनि सरकारले निर्माण व्यवसायीहरुको समयमा भुक्तानी दिन नसक्दा व्यवसायी मात्रै नभएर निर्माणसँग जोडिएका सप्लायर्सदेखि मजदुरसम्म प्रभावित भएको बताए ।

भुक्तानी नपाउँदा निर्माण व्यवसायी मात्रै नभएर धेरै पक्षलाई असर पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

निर्माण व्यवसायीहरुसँग जोडिएका मजदुर परिवारको दशैंमा तलव नपाउँदा बिचल्ली बन्ने अवस्था आउने उनले बताए ।

गत वर्षदेखि सरकार र मन्त्रीहरुले भुक्तानी दिने आश्वसन दिने तर काम नगर्ने अवस्था रहेको बताए ।

वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले सरकारले पूर्णरुपमा निर्माण व्यवासायीको भुक्तानी दिन नसक्दा मुलुकको अर्थतन्त्रमा समस्या आएको तर्क गरे ।

सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रसँग सम्बन्धित हजारौं मजदुरहरुले यो वर्षको दशैंमा तलव नपाउने अवस्था रहेको उनको भनाइ छ ।

दशैंअघि पूर्ण रुपमा भुक्तानी पाउने आशा व्यवसायीहरुमा मरेर गएको उनले बताए ।

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्ष विजयकुमार देउजाले पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा मुलुको समग्र अर्थतन्त्रमा असर परेको बताए ।

दशैंअघि भुक्तानी नपाए निर्माण क्षेत्रका मजदुरहरुमा ठूलो प्रभाव पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु