सेप्टेम्बरमा ९६ हजार पर्यटक नेपाल आए, ९ महिनामा भित्रिए ८ लाख १६ हजार



काठमाडौं । नेपालमा सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक आएका छन् । गत वर्ष सेप्टेबरको तुलनामा करिब ५ हजार पर्यटक आगमन बढेको छ । सन् २०२३ को यहि अवधिमा पर्यटक आगमन ९१ हजार रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।

पछिल्लो नौ महिनामा नेपाल आएका पर्यटक गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा १७.९४ प्रतिशतले पर्यटक आगमन बढेको छ । गत वर्ष सन् २०१३ को तुलनामा २०२४ को सेप्टेम्बरसम्ममा आएका पर्यटकको संख्या १ लाख २४ हजारले बढेको छ ।

नेपाल भित्रिएका पर्यटकमा गत महिना सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट उक्त महिनामा नेपालमा २२ हजार ९८४ पर्यटक आएका छन । नेपाल भित्रने पर्यटकमा अमेरिकाबाट १० हजार, चीनबाट ८ हजार, अस्टेलियाबाट ५ हजार, श्रीलंकाबाट ४ हजार ९ सय पर्यटक आएका छन् ।

नेपालमा भित्रिएका पर्यटक सन् २०२४ मा ९६ हजार आउँदा, सन् २०२३ मा ९१ हजार आएका थिए । सन् २०२२ मा ५८ हजार, सन् २०२१ मा ९ हजार मात्रै पर्यटक आएका थिए ।

नेपाल भित्रने पर्यटकमा सन् २०२४ को सेप्टेम्बरमा सार्क मुलुकबाट ३३ हजार आएका छन । सार्कका अन्य मुलुकबाट १६ हजार आएका थिए । गत महिना युरोपबाट आउने पर्यटकको संख्या १७ हजार रहेको छ भने अमेरिकी मुलुबाट आउनेको संख्या ११ हजार ५ सय छ । गत महिना मध्यपूर्वी मुलकबाट आउनेको संख्या २ हजार ३ सय मात्रै छ ।

कुन महिनामा कति पर्यटक भित्रिए


क्लिकमान्डु