यात्रुको चाप व्यवस्थापन गर्न एयरलाइन्सलाई सकस



काठमाडौं । तीन दिनको अविरल वर्षापछि आइतबारबाट हवाई सेवा सञ्चालन भइरहेको छ । तर, सडक मार्ग अवरुद्ध हुँदा र तीन दिनका यात्रुको चाप पर्दा यतिबेला विमानस्थलमा यात्रुको अत्यधिक चाप रहेको छ । एयरलाइन्सहरुलाई पनि उडानको व्यवस्थापन मिलाउन निकै सकस परेको छ ।

चापका कारण उडानहरु प्रभावित भएका छन् । तोकिएको सेड्युल भन्दा २ घण्टा बढी डिले भएर विमानहरुले उडान भर्नुपर्ने अवस्था छ ।

आज बुध्द एयरको मात्रै ५ वटा माउन्टेन र ७८ वटा नियमिय उडानको तालिका छ । यो तालिकाअनुसार बुद्धले मात्रै १६१ वटा उडान गर्दै छ ।

यतिको पनि एक माउन्टेन र ३५ उडान छ । यतिले पनि आज ७० वटा उडान गर्ने तालिका राखेको छ ।

हिजोदेखि ढिलो भएको उडान आजको लागि गर्नुपर्दा र आजको पनि चाप थपिएकोले उडान व्यवस्थापन मिलाउन गाह्रो भएको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

आजै साझ प्रधानमन्त्री केपी ओली अमेरिकाबाट स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री आउँदा आधा घण्टा विमानस्थल बन्द हुने (नोटाम) भएकोले आजको आन्तरिक उडानको व्यवस्थापन मिलाउन एयरलाइन्सहरुलाई हम्मे परेको हो ।


क्लिकमान्डु