दुईतिहाइ बहुमतको सरकारको औकात दुई दिनको झरीले देखाइदियो: रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले दुईतिहाइको सरकारको औकात दुई दिनको वर्षाले देखाइदिएको टिप्पणी गरेको छ ।

दुई तिहाइ बहुमतको सरकारको औकात दुई दिनमा देखिएको उनको भनाइ छ । दुई दिनको वर्षापछिको बाढी पहिरोमा फसेकाको उद्धार र राहतमा सरकारले काम गर्न नसकेको उनको भनाइ छ ।

आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सरकार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुमालन घिसिङको पछि मात्र लागेको उनले आरोप लगाए ।

यस्तो विपद् आउँदै छ भनेर पार्टी सभापित रवि लामिछाने गृहमन्त्री हुँदै अलर्ट गराए पनि वर्तमान गृहमन्त्रीले त्यस्को बेवास्ता नगरेको उनको भनाइ छ ।


क्लिकमान्डु