झ्याप्लेखोला पहिरो: अहिलेसम्म ३५ जनाको शव फेला



काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोले ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार उक्त पहिरो एउटा बस र दुईवटा माइक्रोबस पुरिएको अवस्थामा फेला परेका हुन् ।

चितवनबाट आइतबार काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको फेला परेको थियो । उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुष गरि १३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट १० जनाको शव निकालिएको छ ।


क्लिकमान्डु