दिल्लीबाट काठमाडौं आएको भिस्तराको विमान ल्याण्ड हुन सकेन, नेपाली आकाशमा ‘फनफनी’



काठमाडौं । भारतको दिल्लीबाट काठमाडौं आइरहेको भिस्तरा एयरको विमान खराब मौसमका कारण अतवरण हुन सकेको छैन ।

शनिबार बिहान १०बजेर ५० मिनेटमा दिल्लीबाट काठमाडौंका लागि उडेको विमान साढे १ बजेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेको हो ।

अविरलको वर्षापछिको खराब मौसममा कारण विमान अवतरण हुन नसकेपछि निजगढको आकाशमाथि फन्का लगाइरहेको छ।

त्यस्तै दिल्लीबाट ११ बजेर ११ मिनेटमा नेपालका लागि उडेको इन्डिगो, बैंककबाट काठमाडौंका लागि उडेको थाइ एयर,कलकत्ताबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले पनि नेपाल आकाशमा फन्को लगाइरहेका छन् ।


क्लिकमान्डु