अन्नपूर्ण प्रथमलाई अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन सम्मेलनमा विश्वव्यापी मान्यता प्राप्त



काठमाडौं । चीनको ग्वानजाउ प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरटरनेशनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्पोर्टस् कन्फ्रेन्स -मा नेपालको ‘अन्नपूणर् प्रथम’लाई विश्व प्रसिद्ध पर्यटकीय ‘वर्ल्ड टुरिजम माउन्टेन ‘ को रुपमा छनोट गरी मान्यता प्रदान गरिएको छ ।

३८ देशका १९९ भन्दा बढी संगठनहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल माउन्टेन टुरिजम एलाइन्सले अन्नपूर्ण प्रथम उक्त प्रतिष्ठित मान्यता प्रदान गरेको हो, जसले अन्नपूर्ण प्रथमको प्राकृतिक सुन्दरता, जैव विविधता र सांस्कृतिक महत्वलाई मान्यता दिएको छ ।

उक्त समारोहमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थापालियाले संघको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए ।

ईस्वी १९६६ मा स्थापना भएको नाटाले नेपालभरका १ हजार १०० भन्दा बढी टुर एजेन्सीहरू र टुर अपरेटरहरूलाई प्रतिनिधित्व सहित दीगो पर्यटन विकासलाई प्रवद्र्धन, नीतिगत संरचना तथा अनुसन्धान गर्ने लगायत नैतिक व्यवसायिक अभ्यासहरूको वकालत गर्दै आइरहेको छ ।

नेचुरल ओरियन्टेश श्रेणी अन्तर्गत प्रस्तुत गरिएको यो पुरस्कारले अन्नपूणर् वानलाई ट्रेकर, पर्वतारोहीहरू र प्रकृतिप्रेमीहरूको लागि विश्वव्यापी गन्तव्यको रूपमा मनाउनका लागि समर्पित गरिएको छ ।

८ हजार ९१ मिटर उचाइमा रहेको यो पर्वत, यसको मनमोहक दृश्य र चुनौतीपूर्ण मार्गहरूको लागि प्रख्यात छ । उक्त सम्मेलनको मूल नारा सहित विश्वका ३८ देशबाट ४०० जना भन्दा बढी सहभागीहरूको स्वागत सहित पर्वतीय पर्यटन विकासमा अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको थियो ।

अन्नपूर्ण प्रथमको यस मान्यताले यसको प्राकृतिक महिमा भन्दा पर जान्छ र नेपालका संरक्षण प्रयासहरूलाई पनि विश्व सामु उजागर गर्दछ ।

विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना -एक्यापमार्फत, देशको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो र जसले वातावरणीय संरक्षण र स्थानीय सामाजिक-आर्थिक विकासबीचको सन्तुलनको प्रवद्र्धन गर्दछ ।


क्लिकमान्डु