भृकुटीमण्डपमा बजाजको ग्रान्ड कार्निभल, सर्वाधिक भ्यालुएसन पाउन सकिने



काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ ।

हिन्दू नेपालीको चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्ने कम्पनीले जनाएको छ । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

कार्निभल यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा जारी रहनेछ ।


क्लिकमान्डु