पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितको नाराबाजी: रविलाई कारबाही गर्न माग, प्रतिशोध नसाध्न चेतावनी



पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको भन्दै पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिरोध प्रदर्शन गरिरहँदा सहकारी पीडित पनि प्रदर्शनमा पुगेका छन् ।

पोखरा सहिदचोकमा रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमनेसामने भएका हुन् ।

दुवै समूहले नाराबाजी गरिरहेका छन् । दुई पक्ष सडकको दुई किनारामा नाराबाजी गरिरहेका छन् ।

सहकारी पीडितहरुले‘सहकारी रकम अपचलन गर्ने रविलाई कारवाही गर’ भन्दै नाराबाजी गरिरहँदा रास्वपाका कार्यकर्ताले राजनीतिक प्रतिशोध बन्द गर, फाशिष्ट सरकार मूर्दावाद,सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाइरहेका छन् ।

‘परिचालितहरु होसियार’ जस्ता नारा लगाएका हुन् ।


क्लिकमान्डु