२२ करोड रुपैयाँ सहकारीबाट सोझै गोरखा मिडियाको खातामा, यसरी भित्रियो अर्को ४३ करोड



काठमाडौं । गोरखा मिडिया नेटवर्कको खातामा जम्मा भएको ६५ करोड रुपैयाँमध्ये २२ करोड ६४ लाख रुपैयाँ सिधै सहकारीबाट जम्मा भएको फेला परेको छ ।

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनमा गोरखा मिडियामा सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वार्णलक्ष्मी, समानता, सहारा सहकारीबाट उक्त रकम जम्मा भएको उल्लेख छ ।

यो बाहेक ४३ करोड ७ लाख रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोरखा मिडियामा रकम जम्मा भएको भेटिएको छ । यस्तो रकममा गोखरा मिडियामा विभिन्न व्यक्तिको नाममा ऋण देखाएर जम्मा गरिएको छ ।

यस्तो रकम जीबी राईकोनाममा ऋण कायम गरेर राखिएको पनि सहकारी छानविन समितिको प्रतिवदेनले औंल्याएको छ । जम्मा भएको रकममध्ये १२ करोड रुपैयाँ गोरर्खा मिडिया नेटवर्कको सेयर पुँजीवापत जम्मा भएको छ । यसमध्ये ८ करोड २० लाख रुपैयाँ जीबी राई स्वयमले प्रयोग गरेको पनि भेटिएको छ ।

रवि लामिछाने गोरखा मिडिया छाडेपछि गोरखा मिडिया सञ्चालकको रुपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीले २०७९ असार ३० गते सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रुपैयाँ ऋण लिएर गोखरा मिडियालाई त्यसको भोलिपल्ट असार ३१ मै २० लाख ऋण प्रवाह गरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु