रविले गोरखा मिडियामा काटेका थिए पौने २४ कराेडभन्दा बढीका १६ वटा चेक



काठमाडौं । गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले हस्ताक्षरसहित १६ वटा चेक काटेको पाइएको छ ।

सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा लामिछानेले विभिन्न मितिमा १६ वटा चेक काटेको पाइएको उल्लेख गरिएको छ ।

रवि लामिछानेले समितिमा दिइएको वयानमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेका थिए । तर, समितिलाई प्राप्त विवरणअनुसार रवि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

उनले विभिन्न मितिमा २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको चेक काटेको प्रतिवेदनमा उल्लेख छ।


क्लिकमान्डु