आयोनले वर्ल्ड इकोनोमिक फोरमबाट पायो लाइटहाउस अवार्ड



काठमाडौं । अटोमोबाइल उद्योगमा विश्व नं. १ गुणस्तर प्रमाणित आयोन ब्रान्डले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइटहाउस अवार्ड पाएको छ।

लाइटहाउस अवार्ड ती कम्पनीहरूलाई दिइन्छ जसले नयाँ प्रविधिहरूको प्रयोग गरेर उत्पादन गर्ने तरिका सुधार गर्छन् । उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले आयोन लाई गाडी निर्माण उद्योगमा अलग बनाएको छ।

यस अवार्डले जीसीए आयोनको चौथो औद्योगिक क्रान्ति (४आईआर) प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिन्छ, जसले उत्पादन प्रक्रियाहरूलाई उल्लेखनीय रूपमा सुधार गरेको छ । जीसीए आयोनको कारखाना नयाँ ऊर्जा सवारी साधन (एनईभी) ५३ सेकेन्डमा असेम्बल गर्न सक्षम छ, जुन अन्य धेरै नवीन उपलब्धिहरू मध्ये एक भएको कम्पनीले जनाएको छ ।

वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीसीए आयोनलाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीको रूपमा पुष्टि गरेको र यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु