एनसेल फाउन्डेसन घोषणा, कम्तिमा २० करोड रुपैयाँ खर्च गर्ने




काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १९ औं वार्षिकोत्सवको अवसर पारेर व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)का परियोजना सञ्चालन गर्न एनसेल फाउन्डेसन घोषणा गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर एनसेललले उक्त कार्यक्रम घोषणा गरेको हो । यो कार्यक्रमका लागि एनसेलले आगामी ५ वर्षमा कम्तिमा २० करोड रुपैयाँ खर्च गर्ने घोषणासमेत गरेको छ ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले एनसेलका कार्यक्रमलाई थप समावेशी, दीर्घकालीन र हरेक जनतासँग कनेक्टेड हुनेसहित दिगो विकासका लक्ष्य प्राप्ति गर्ने उद्देश्यले फाउण्डेसनमार्फत नयाँ कार्यक्रम सञ्चालन गर्ने बताए । उनले दूरसञ्चार सेवामात्रै सिमित नभएर एनसेल सामाजिक कार्यमा पनि आम नेपालीसँग सँगसँगै भइरहेने कम्पनी भएको पनि बताए ।

उनले भने ‘एनसेलले पछिल्लो दुई दशकमा सामाजिक कार्यमा २ अर्ब रुपैयाँको योगदान गरिसकेको छ भने अझैं यो संस्थाले गर्ने सामाजिक कार्य बढाउन यस्तो कार्यक्रम अगाडि सारिएको हो । एनसेलले गरेको अहिलेसम्मका सबै सामाजिक कार्यलाई एकै ठाउँमा केन्द्रिकृत गर्न पनि एनसेल फाउन्डेसन ल्याइएको हो ।’

एनसेलले एनसेल फाउन्डेसन कार्यक्रमका लागि यसरी खर्च आगामी ५ वर्षकाे लागि हुने छ । यसमा वार्षिक ४ करोडका दरले कम्तिमा २० करोड रुपैयाँ विभिन्न सामाजिक कार्यवापत खर्च गर्ने भएको छ । यसले यस अघि २०७२ को भूकम्प, २०८० को भूकम्प, २०७६ को कोरोना महामारीसहितका विपत कार्यमा सीएसआर कार्यक्रमबाटै सहयोग गर्दै आएको छ ।


क्लिकमान्डु