छानबिनको प्रतिवेदन पेस गर्दै सभापति सूर्य थापाले भने: सहकारीमा नक्कली विवाह र अंशवण्डाको बिगबिगी छ (भिडियो)



काठमाडौं । सहकारी छानबिनबारे गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले सहकारीमा नक्कली विवाह र अंशवण्डा लगायत फेक हुने गरेको पाइएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सोमबार दिउँसो प्रतिवेदन पेस गर्ने क्रममा बोल्दै सभापति थापाले सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको बताए ।

‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन्’ उनले भने ।

सहकारी क्षेत्रको समस्या समाधानका लागि सबै दलको साझा धारणा बनेको उनको भनाइ छ ।


क्लिकमान्डु