सहकारी छानबिन समितिको प्रतिवेदन हस्ताक्षरमा ढिलाइ, रास्वपा प्रतिनिधिले गरेनन् सही



काठमाडौं । सहरकारी ठगी बारे छानबिनका लागि गठिन संसदीय समितिले तयार गरेको प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गर्न ढिलाइ भएको छ ।

आजै संसदमा प्रतिवेदन बुझाउने तयारी भए पनि सदस्यहरूबीच भाषागत विषयमा सहमति नजुट्दा ढिलाइ भएको हो । रास्वपाका सदस्य शिशिर खनालले सहकारी अपचलनमा रविमाथि कारवाही सिफारिस गर्ने आधार नरहेको अडान लिएपछि हस्ताक्षरमा ढिलाइ भएको हो ।

प्रतिवेदन नआइसकेपछि हेरर अघि बढ्ने उनको भनाइ छ ।

समितिका संयोजकसहित सबै सदस्यको हस्ताक्षरपछि प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ । संसद् बैठक बसिरहेको छ ।


क्लिकमान्डु