सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्नुपर्छ: सांसद सिंह



काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६/७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने उनको भनाइ छ ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सिंहले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर भए पनि सरकारले पीडितहरुको रकम फिर्ता गर्नुपर्ने बताए ।

सहकारी ठगीमा रवि लामिछाने देखिए पनि त्यसमा बढी जिम्मेवार काँग्रेस–एमाले भएको उनको भनाइ छ ।


क्लिकमान्डु