१६१ यात्रु लिएर दिल्ली उड्न ठिक्क परेको भिस्ताराको विमान डाइभर्ट



काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको भिस्तारा एयरको विमान पुन: पार्किङमा फर्किएको छ ।

१ सय ६१ जना यात्रु लिएर दिल्ली जान लागेको विमान डाइभर्ट भएर पार्किङमा फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले विहान साढे ११ बजे दिल्ली जान लागेको भिस्ताराको यूके-१५८ उडान नम्बरको विमान टेकअफ गर्ने अन्तिम बिन्दुमा पुगेर फेरि पार्किमा फर्किएको हो ।

जहाजमा रहेका डायबिटिजका यात्रुको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि विमान पार्किङमा फर्किएको हो । एक महिला यात्रुले आफूलाई सुगर बढेका कारण अप्ठ्यारो भएको जानकारी दिएपछि चालक दलले जहाजलाई नउडाइ पार्किङमा लगेका हुन् ।

ती यात्रुलाई जहाजबाट उतारेर तत्कालै एम्बुलेन्समा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको छ ।


क्लिकमान्डु