मुस्ताङसहितका ब्राण्डको चामल बेच्ने रोयल राइस मिलले एकै वर्षमा गर्‍यो पौने २ अर्बको व्यापार



काठमाडौं । भरतपुर चितवनस्थित रोयल राइस मिल प्रालिको व्यापारमा वृद्धि भएको छ ।

सन् २०२२ मा ३ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा यसले १ अर्ब ७५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

चितवनको भरतपुरमा पूर्ण रुपमा स्वचालित राइस मिल सञ्चालन गरिरहेको यो कम्पनी सन् २०२१ मा सुरु भएको थियो । यसले मुस्ताङ, कायरा र नेपाल गोल्ड नामक ब्राण्ड चामल बिक्री गर्ने गरेको छ ।

कम्पनीले १ अर्ब २३ करोड ६० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले रोयल राइस मिललाई ४६ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बि माइनस र ७७ करोड ४० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु