टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको जागिर खोल्यो: नेपाली र अंग्रेजी जान्ने हुनुपर्ने



काठमाडौं । टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको पदमा जागिर खुलाएको छ ।

नेपालमा केही समय प्रतिबन्धित टिकटक केही दिनअघि खुला गरिएको थियो । सरकारले टिकटकलाई विभिन्न शर्तहरु मान्ने गरि टिकटकमाथि लगाएको प्रतिबन्ध खुला गरिएको थियो । यहि सन्दर्भमा हालै टिकटकले आफ्नो वेबसाइटमा जागिर खुलाएको विज्ञापन गरेको छ ।

टिकटकले खुलाएको यो विज्ञापन गरिएको पद उच्च तहको कर्मचारीको पद हो जसको जिम्मेवारी नेपालको बजार र सरकारसँग निकट सम्बन्ध राखेर काम गर्ने हुन्छ । उक्त पदमा हुने व्यक्तिले नीति निर्मातासँगको सहकार्यमा टिकटकसँग सम्बन्धित विषयमा काम गर्नु पर्ने तथा नीतिगत ट्रेन्ड र प्रस्तावहरुको विश्लेषण गर्नु पर्ने भनेको छ ।

यस पदका लागि नेपाली र अंग्रेजीमा लेख्न, पढ्न र बोल्न सक्ने, न्यायपालिकाको प्रक्रिया र प्रविधिका नीतिबारे ज्ञान भएको र सार्वजनिक नीति, सरकारी सम्बन्ध र वकालतको काममा प्रत्यक्ष अनुभव भएको व्यक्ति हुनुपर्ने बताइएको छ ।

यसरी दिन मिल्छ आवेदन


क्लिकमान्डु