पशुपति कोटिहोममा आम्दानीभन्दा खर्च बढी, ७२ लाख ऋण लागेको दाबी

२० करोड १५ लाख दान संकलन हुँदा २० करोड ८८ लाख खर्च भयो: कृष्णमुर्ति



काठमाडौं । पशुपतिनाथ परिसरमा साउन १ महिना सञ्चालित कोटीहोममा घाटा लागेको आयोजकले दाबी गरेका छन् ।

आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले पत्रकार सम्मेलन गर्दै आम्दानीभन्दा खर्च धेरै भएको विवरण प्रस्तुत गरेका हुन् ।

कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।

यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दाबी गरेका छन् ।

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा उनले बताए ।


क्लिकमान्डु