३० दिनका लागि मर्मतमा गएको निगमको वाइडबडी ८० दिनमा फर्कियो, अब नियमित उडान

840
Shares

काठमाडौं । सिचेकसहितको मर्मतका लागि गत ८ असारमा इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज बिहीबार विहान काठमाडौं फर्किएको छ ।

निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज विहीबार विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ । वायुेवा निगमका प्रावधिक प्रवक्ता मनोजकुमार साहका अनुसार बुधबार नै आउने तालिका भएपनि जहाज उड्ने बेलामा प्राविधिक समस्या देखिएकोले त्यसको समाधान गरेर पठाउनुपरेका कारण हिजै आउने भनिएपनि आज बिहानमात्रै आइपुगेको पनि निगमले जानकारी दिएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सिचेकमा छ । एउटा भने आज आइपुगेको निगमले जानकारी दिएको छ ।