त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ



काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

पक्राउमध्ये हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन जस्तो देखिने धातुको ढिक्का १ थान, बेरूवा औंठी १ थान, मोबाइल १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थान सहित फेला पारी देवराजलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।


क्लिकमान्डु