बैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल गर्न अर्थसमितिको बैठक बस्दै



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।


क्लिकमान्डु