टेस्ला गाडीको शोरुममा आगलागी (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ ।

शुक्रबार मध्याह्न देखि नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको हो।

सर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने जनाइएको छ । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् ।

आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगे पनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमा अरित इन्टरनेशनलले विद्युतीय गाडी टेस्ला बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु