अर्थमा थप १९ उपसचिवको सरूवा



काठमाडौं । अर्थ मन्त्रालयले १९ उपसचिवको सरुवा गरेको छ । सचिव र उपसचिवको सरुवा गरिसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिरहेका हुन् ।

अर्थमन्त्रीले गतवर्ष सरुवा भएका कर्मचारीलाई १० महिना नपुग्दै जिम्मेवारीबाट हटाएर नयाँ उपसचिवलाई जिम्मा दिएका हुन् ।

गत असोजमा भैरहवा भन्सारमा सरुवा भएका नारद गौतमलाई भन्सा जाँचपास कार्यालयमा सरुवा गरिएको छ ।

गौतमको स्थानमा मेची भन्सार प्रमुख रहेका रामप्रसाद रेग्मीलाई पठाइएको छ ।

त्यस्तै तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय,मानबहादुर पौडेललाई जनकपुर भन्सार, रामप्रसाद पाठकलाई वीरगञ्ज भन्सारमा सरुवा गरिएको छ ।

यसअघि गत बिहीबार ५ दर्जन उपसचिवको सरुवा भएको थियो । सचिव र सहसचिवको सरुवा गरिसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपसचिवहरुको पनि जिम्मेवारी हेरफेर गरेका हुन् ।

५८ उपसचिवको सुरुवा भएकामा १० जना अर्थ मन्त्रालय भित्रिएका छन् भने ७ जना बाहिरिएका थिए । यसैगरी १२ उपसचिवलाई आन्तरिक राजस्व विभाग पठाइएको थियो ।

३ उपसचिव भन्सार विभागको निर्देशक बनेर सरुवा हुँदा भन्सार अधिकृतमा ३ जनाको, प्राकृतिक स्रोत तथा वित्त आयोगको उपसचिवमा २ जनाको र बाँकी विभिन्न कर कार्यालयको प्रमुख कर अधिकृतका रुपमा सरुवा भएको थियो ।


क्लिकमान्डु