सहकारी छानबिनका लागि गठिन संसदीय विशेष समितिको म्याद १५ दिन थप



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्याअवधि १५ दिन थपिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले १५ दिनको समय थप गर्न माग गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

समितिको बैठकबाट निर्णय भएर अनुसार समय थप्न माग गरेको उनको भनाइ छ । सरकारले गत जेठ २२ गते तीन महिना समय तोकेर समिति गठन गरेको थियो ।

भदौ २२ गते समितिको समय सकिँदै थियो । समय नपुग्ने भएपछि समितिको बैठकबाट निर्णय गरेर समय थप गरेको सभापति थापाले बताए ।

समितिले अहिलेसम्म ५० जनासँग सोधपुछ गरेको उनको भनाई छ । समितिले सार्वजनिक बिदाको दिन, बिहान, साँझ, मध्येराति सम्म काम गरिरहेको थापाले संसदलाई जानकारी गराए ।


क्लिकमान्डु