चालू आर्थिक वर्षमा काउन्टरसाइक्लिकल बफर ‘शुन्य प्रतिशत’



काठमाडौं । बैंकहरूले काउन्टरसाइक्लिकल बफरवापत अतिरिक्त पुँजी जुटाउनस नपर्ने भएको छ । केन्द्रीय बैंकले सर्कुलर गर्दै २०८१ साउनदेखि लागू हुने गरि आव २०८१/८१ मा प्राथमिक पुँजीमा थप ०.५ प्रतिशत आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

गत आवमा बैंकहरूले प्राथमिक पुँजी आवश्यक ८.५ प्रतिशतमा थप ०.५ प्रतिशत पुँजी कायम गर्नुपर्ने थियो ।

कर्जाको वृद्धिदरले आर्थिक वृद्धिदरलाई सपोर्ट नगर्दा काउन्टरसाइक्लिकल बफर लाग्ने गर्छ । यस्तो बफर शून्य हुँदा बैंकहरूलाई कर्जा विस्तार गर्न सहज हुनेछ ।

साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी दुई करोड कायम गरिएको छ ।

यसबाट लघु, घरेलु तथा साना एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।


क्लिकमान्डु