
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका सात जनाको थुनछेक बहस बिहीबार (आज) देखि सुरू हुँदैछ ।
विशेष अदालतमा मंगललबार र बुधबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू हुन लागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कम्पनीसहित १८ प्रतिवादी कायम भएकोमा मुद्दासाथ भने सात जनालाई पेस गरेको छ ।
आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र छपाइको जिम्मेवारी पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई मुद्दासाथ पेस गरेको थियो ।
अख्तियारले सोमबार उनीहरूविरुद्ध १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो । मुद्दामा दुई जर्मन कम्पनीका नेपाल प्रतिनिधिसहित ६ जनालाई पनि विपक्षी बनाइएको छ ।








प्रतिक्रिया