संघीय भूउपयोग परिषद् गठन



काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको पहलमा संघीय भूउपयोग परिषद् गठन भएको छ । २०७६ सालदेखि गठनको प्रयास भएपनि सफल हुन नसकेको भूउपयोग परिषद् मन्त्री अधिकारीको प्रयासमा गठन भएको हो ।

भूउपयोग नीति, २०७२ अनुसार भूउपयोग सम्वन्धी नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न संघीय तहमा संघीय भूउपयोग परिषद् गठन गरिएको छ । जसमा मन्त्री अधिकारीको अध्यक्षतामा बिभिन्न बिषयगत मन्त्रालयका सचिवहरुसहित सरकारका पुर्वसचिव डा रेवतीरमण पौडेल, खाद्य सुरक्षाबिज्ञ डा यमुना श्रेष्ठ, भूउपयोग योजनाबिज्ञ डा रेश्मा श्रेष्ठ र भूमि बिशेषज्ञ जगतबहादुर देउजा सदस्यको रुपमा छनौट भएका छन् ।

संघीय भूउपयोग परिषद्लाई भूउपयोग ऐन २०७६ ले भूउपयोग नक्सा डाटा तयार गर्ने, भूउपयोग क्षेत्रको बर्गीकरण, योजना तर्जुमा र कार्यान्वयन सम्वन्धी अन्य आवश्यक आधार तथा मापदण्ड तयार गर्ने, अन्तरप्रदेशमा देखिने भूउपयोग सम्वन्धी जग्गा बिवाद समाधान गर्नेलगायतका अधिकार प्रदान गरेको छ ।

संघसँगै प्रदेशमा प्रदेश भूउपयोग परिषद् र स्थानीय तहमा स्थानीय भूउपयोग परिषद् गठन गर्ने ब्यवस्था रहेको छ । भूउपयोग कानुनको पालना गर्न तिन तहकै सरकार उत्तिकै जिम्मेवार रहने व्यवस्था छ ।


क्लिकमान्डु