पत्थरीको अप्रेसन गर्दा किष्ट अस्पतालमा महिलाको मृत्यु भएपछि संसदमा छानबिनको माग



काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारमारत पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय संसदमा उठेको छ ।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधिसभा बैठकमा मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको र यसको छानबिनका लागि समिति गठन गर्न माग गरे ।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाइ नभएको बताए ।


क्लिकमान्डु