सहकारी बैंकले २६ ठाँउमा रहेको जग्गा ७ दिन भित्र बिक्री गर्ने




काठमाडौं । सहकारी बैंकले १० वटा जिल्लामा रहेका २६ स्थानको जग्गा बिक्री गर्ने भएको छ ।

बैंकले सात दिन भित्र गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ । बैंकले काभ्रेपलान्चोक, झापा, मकवानपुर, भक्तपुर, धनकुटा, रौतहट, धादिङ, चितवन, सुनसरी र महोत्तरी जिल्लामा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको हो ।

इच्छुक व्यक्ति वा संघ संस्थो आज भदौ ६ गतेको ७ दिन भित्र बैंकको सम्बन्धित शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । यसका लागि विभिन्न शर्तहरु तोकिएका छन् ।


क्लिकमान्डु