प्रचण्डले प्रतिबन्ध लगाएको टिकटक खोल्दै ओली सरकार



काठमाडौं । सरकारले करिब एक वर्षदेखि बन्द गराएको सामाजिक सञ्जाल टिकटक खोल्ने प्रक्रिया अगाडि बढाएको छ । पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बन्द गरेको टिकटक केपी शर्मा ओलीको सरकारले खोल्न लागेको हो ।

सरकारले बन्द गराएको टिकटकलाई चिनियाँ प्रतिनिधिको बारम्बारको दबाबपछि आचार संहिता बनाएरै टिकटक खुला गर्न लागिएको सञ्चार मन्त्राएका अधिकारीले क्लिकमान्डुलाई बताए ।

ती अधिकारीले भने– ‘सञ्चार मन्त्रालयले टिकटक खोल्ने प्रस्तावसँगै आचारसंहित बनाउने प्रस्तावलाई मन्त्रिपरिषदमा पठाएको छ । अब सरकारले निर्णय गरेपछि टिकटक खुलाउने र मन्त्रिपरिषदको स्वीकृति लिएर सञ्चार मन्त्रालयले आचार संहितासमेत बनाउने छ ।’

सञ्चार मन्त्रालयका ती कर्मचारीका अनुसार सामाजिक सद्भाव नभड्काउने गरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिकामा आधारित रहेर टिकटक चलाउन पाइने व्यवस्था हुने भएको छ ।

चिनियाँ पक्षले नेपालमा दर्ता गरेर र सरकारले तोकेको आचार संहिता पालना गरेरै टिकटक चलाउन दिने शर्त स्वीकार्न तयार भएपछि सरकारले गत वर्ष कात्तिकदेखि रोकिएको टिकटक खोल्न सरकारले खोल्ने भएको छ ।


क्लिकमान्डु