कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता



काठमाडौं । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई इसेवा मोबाईल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ । पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरु बारे इसेवाको वोबसाईट÷एप मार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।


क्लिकमान्डु