महंगिदर २.३% घट्यो, मरमसला सस्तियो



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को वार्षिक महंगिदर ५.४४ प्रतिशत मात्रै रहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको गत आर्थिक २०८०/८१ मा भएको यस्तो औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

तथ्यांक अनुसार गत वर्ष सबैभन्दा बढी मूल्य मरमसला सस्तिएको छ । उक्त वर्ष मरमसलामा २६ प्रतिशतले मरमसला सस्तो भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ ।

गत वर्ष घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेकोछ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु