बचतकर्ताको पैसा आधा दर्जन कम्पनीमा लगानी गर्ने जेष्ट सहकारीका सचिव पाठकसँग समितिले गर्यो सोधपुछ



काठमाडौं । सहकारीका बचतकहर्ताको पैसा संकलन गरेर नीजि करिब १० वटा कम्पनीमा लगानी गरेका कलाकार समेत रहेका मधुसूदन पाठक (सिते बा) लाई सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोधपुछ गरेको छ ।

हास्य टेलिफिल्म ‘सकिगो नि’का पात्र ‘सितेबा’ जेष्ट बचत तगा ऋण सहकारी संस्थाका सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हुन् । उनीसँग समितिले शनिबार सोधपुछ गरेको हो ।

उनी अरु ८ वटा सहकारीमा आबद्द रहेको समितिका सभापति सूर्य थापाले बताए । हुन् । पाठकले सम्पन्न आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा उम्मेदवार बनेका सितेबाको करिब १० वटा कम्पनीमा लगानी छ । उनको सितेबा ग्रुप अफ कम्पनी प्रालि छ । त्यसअन्तर्गत रिद्धिसिद्धि निर्माण सेवा, सितेबा अर्गानिक कृषि फार्म, सितेबा मार्ट, गाउँले खाद्य उद्योग, सितेबा ग्लोबल सर्भिस, सितेबा हस्पिटालिटी र भलामचौर मृचे नमुना कृषि फार्म छन् ।

जेष्ट सहकारीको सेवाकेन्द्रहरु हात्तीगौंडा, टोखा (भिल्लि), कलंकी, न्यूरोड, कोटेश्वर, चाबहिलमा रहेका छन् ।


क्लिकमान्डु