सर्वोत्तम सिमेन्टको नाफा १८.५१ प्रतिशतले घट्यो



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ३७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ३८ करोड २ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ ।


क्लिकमान्डु