संसदभवन परिसरमा बिरोध प्रदर्शन, प्रहरीद्वारा पक्राउ (तस्बिरहरु)



काठमाडौं । प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा बिरोध प्रदर्शन भएको छ ।

रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक विद्यार्थीले संसद भवन परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

अछाम घर भएका दीपक देवकोटाले संसद भवन परिसरमा प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले भुटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरिबन्धु ठगीका नाइकेहरुलाई सजाय खोइ ? बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि सुरु गर्नुपर्ने हो ? भन्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । मास्कमा कालोटेप क्रस गरेर उनले प्रदर्शन गरेका थिए।


क्लिकमान्डु