
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले संसदीय दल गठन गर्दै दलको नेतामा बालेन्द्र शाह लाई चयन गरेको छ ।
रास्वपा नेता एवं सांसद मनिष झाका अनुसार बैठकमा दुईवटा मुख्य एजेन्डा प्रस्तुत गरिएको थियो। केन्द्रीय समितिबाट संसदीय दल गठन गर्ने तथा दलको नेता चयन गर्ने प्रस्ताव पार्टी सभापति रवि लामिछाने ले राखेका थिए, जुन सर्वसम्मत रूपमा पारित भएको उनले जानकारी दिए ।
बैठकपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक ५ बजेर ६ मिनेटमा सुरु भई ५ बजेर ३० मिनेटमा सम्पन्न भएको थियो । उक्त संयुक्त बैठकमा केन्द्रीय समितिबाट पारित एजेन्डा संसदीय दलमा प्रस्तुत गरिएको थियो ।
संसदीय दलको नेताका रूपमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई रवि लामिछानेले प्रस्ताव गरेका थिए, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको झाको भनाइ छ ।
त्यस्तै, रास्वपाले आगामी सरकार गठनका लागि बालेन्द्र शाहलाई नै प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा अघि सार्ने निर्णय पनि गरेको छ । पार्टी सभापति लामिछानेले राखेको उक्त प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएको झाले जानकारी दिए ।








प्रतिक्रिया