अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार अहिलेसम्मकै महँगोमा कारोबार भएको सुनको मूल्य आज घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५० हजार ५ सयमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु