अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलमा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य अहिलेसम्मकै महँगोमा कारोबार भएको थियो ।

शुक्रबार तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको थियो । जुन अहिलेसम्मकै उच्च रेकर्ड हो ।

आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला आज १ लाख ३७ हजार ७२५ रुपैयाँ कायम भएको छ । आज चादीको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार ७८५ रुपैयाँ तोला कायम भएको छ ।


क्लिकमान्डु