१२ कक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुस् परीक्षाफल



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको १२ कक्षाको परीक्षाफलको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड मा परेका छन् ।

वैशाख १४ देखि भएको १२ को परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा तथा १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी समग्रमा ३ लाख ९० हजार ८ सय ४७ विद्यार्थीले परीक्षा दिएका थिए ।

यो नतिजा अनुसार संख्यात्मक रुपमा नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।

ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाएको छ ।

उक्त नतिजा अनलाइन अर्थात् वेबसाइट, एसएमएस तथा आईभीआरमार्फत् हेर्नका लागि नेपाल टेलिकमले व्यवस्था गरेको छ।

यसरी हेर्न सकिन्छ नतिजा

#IVR का मार्फत्: नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

#SMS मार्फत्: Mobile को Message box मा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि नेपाल टेलिकमको Mobile बाट * १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

#Web मार्फत्: नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ।


क्लिकमान्डु