१२ कक्षाको नतिजा सार्वजनिक, ५२% उत्तीर्ण



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

यसपटक १२ को परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले तथ्यांक सार्वजनिक गरेको छ । वैशाख १४ गतेबाट परीक्षा सञ्चालन भएको थियो ।

यस परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ जनामध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । तर सबै विषयमा अनुपस्थित परीक्षार्थीहरुको संख्या ५ हजार ६ सय ३२ रहेको बोर्डले जनाएको छ ।

यस्तै १ सय २ विद्यार्थीको परीक्षा रद्द गरिएको छ । साथै ५ हजार ५ सय ४२ विद्यालयबाट उनीहरुले परीक्षा दिएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए ।


क्लिकमान्डु