टिप्परको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालको मृत्यु



काठमाडौं । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ ठिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकल चालक सुवास तामाङको मृत्यु भएको हो।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा.४ ख २९०१ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो । मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का स्थानीय रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार भइरहेको छ । टिप्पर चालक २८ वर्षीय राज कुमार राई पक्राउ परेका छन् ।


क्लिकमान्डु